२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

८ जेठ, काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेले उक्त प्रस्तावमाथि विरोधको सूचना भए पेस गर्न आग्रह गरेका थिए । सांसदबाट विरोधको कुनै सूचना नपरेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका हुन् ।

यही जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।