१८ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

आरजु र रास्वपा सांसद मनिषबीच भनाभन

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ ।

संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन् । मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए ।

आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन् ।

जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए ।

आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन् । मनिषले भने यदि गलत भए कानुनी उपचारमा जानुस् भन्ने जवाफ फर्काएका थिए ।

त्यसपछि भने आरजु रिसाइन् । उनले यस्तो रबिस (अनावश्यक/ बेकारको) कुरा नगर्नुस् भनेकी थिइन् । एक सांसदका अनुसार मनिषले भने यस्तो भाषा प्रयोग नगर्न आग्रह गरेका थिए ।

रास्वपा सांसद मनिषले पनि आरजु र आफ्नो सामान्य भनाभन भएको स्वीकार गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।