२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भोलि (सोमबार) संसदीय दलको बैठक बोलाएको छ ।

बिहान साढे ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । भोलि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर, सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्‌मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए ।

यता, आजै आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।