Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

संसदीय छानबिन समितिको टिओआरमा जुटेन सहमति

रातो कागज
1 वर्ष अघि

६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा दलहरूबीच सहमति हुन सकेन ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको हो ।

कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।’

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया