१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

कोशीसँगको हारले ललितपुर–११ पनि बाहिरियो

३ जेठ, काठमाडौं – ललितपुर मेयर्स–११ तेस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता २०२४ मा कोशी प्रदेशसँग ६ विकेटले पराजित भएसँगै फाइनल दौडबाट बाहिरिएको छ ।

८९ रनको लक्ष्य पछ्याएको कोशीले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विकेटकिपर काजोल श्रेष्ठ ४५ बलमा ३ चौकासहित ३६, अप्सरी बेगम ७ र टिका साहले २५ रन बनाइन् । ललितपुर मेयर्स ११ की कृतिका मरासिनीले ३ र सरस्वती कुमारी चौधरीले १ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन बनायो । आश्मा पुलामी मगरले ३२ बलमा २ चौकासहित २६ र किरण कुँवरले १३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सरस्वती कुमार चौधरी ६, कप्तान पुजा महतो, एलिसा यादव र सृष्टि जैसी ८-८रनमा आउट भए । कोशीकी अप्सरी बेगमले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिइन् । एलिसा खडियाले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २, सबनम राई र हिरन्मई रोयले १-१ विकेट लिइन् ।

एपीएफ ४ खेलमा ८ अंकका साथ फाइनलमा पुगी सकेको छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । ललितपुर ११ ले ४ खेलमा १ मा जित र ३ मा हार हात पार्दै तेस्रो स्थानमा रहेर बाहिरियो । कोशी पनि ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो ।

बागमती प्रदेश ३ खेलमा २ अंकका साथ पुछारमा छ । सुदूरले शुक्रबार बागमतीसँग खेल्नेछ । उक्त खेलमा सुदूर विजयी भएमा फाइनलमा पुग्नेछ । तर बागमती विजयी भएमा भने सुदूरको नेटरनरेटमा भर पर्नेछ ।

बागमतीको नेटरनरेट माइनस १.४३० र सुदूरको ०.६३४ छ । त्यसैले बागमती फाइनलमा पुग्न अविश्वसनीय फराकिलो जितको अन्तर हात पार्नुपर्छ । फाइनल शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected