१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट

२ जेठ, काठमाडौं । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा स्थान बनाउन सफल भएका हुन् । यससँगै छनोटचरण पार गरेर ओलम्पिक खेल्ने उनी चौथो खेलाडी भए ।

यसअघि, तेक्वान्दो खेलाडीद्वय संगीना वैद्य, दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए भने केही समयअगाडि पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी छिन् । बुधवार फाइनलअगाडि नै नेपालको टेबल टेनिसबाट ओलम्पिक खेल्ने पक्का भइसकेको थियो ।

फाइनलमा स्यान्टु र नेपालकै संयोग कपाली पुगेसँगै टेबल टेनिसको पहिलो ओलम्पियन पाउने पक्का भएको हो । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई हराउँदै फाइालमा स्थान बनाएका थिए । फाइनलमा स्यान्टुले संयोगलाई ४–३ ले हराए । पहिलो सेट ११–७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८–११ ले गुमाए । त्यसपछिका दुईमा सेट ११–७, ११–६ को जित निकालेका स्यान्टुले पाँचौं र छैटौं सेट ८–११,८–११ ले हराए । सातौं तथा अन्तिम सेट ११–९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे ।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन् । यस विधामा नेपालकै इभाना थापा सेमिफाइनलमा पराजित भएकी थिइन् । उनी श्रीलंकाकी बन्दारा बिमान्दीसँग पराजित भएकी हुन् । नवीता श्रेष्ठको यात्रा पनि क्वार्टरफाइनलमा नै रोकिएको थियो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected