२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

सडक सुरक्षासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

२ जेठ, काठमाडौं । सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रिय सभामा दर्ता भएको छ । नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पा प्रस्तावक रहेको प्रस्ताव बुधबार राष्ट्रिय सभामा दर्ता भएको हो ।

प्रस्तावको समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, एमालेकी भगवती न्‍यौपाने, एकीकृत समाजवादीकी मदनकुमारी शाह, जनता समाजवादी पार्टीका मोहम्द खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह समर्थक रहेका छन् ।

प्रस्तावमा सवारी चालक अनुमति पत्र दिनुअघि सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी दिनुका साथै सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारीसम्बन्धी कानुनको पालनामा कडाइ गर्नुपर्ने पनि जनाइएको छ । त्यसका साथै सडक दुर्घटनाका घाइतेको उपचारलाई स्वास्थ्य बीमाको अंगका रूपमा व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रस्तावमा सडक सुरक्षाका उपकरण र प्रविधि जडान गर्नुपर्ने व्यवस्था मिलाउनुको साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको यातायात क्षेत्र सुरक्षित भएको सन्देश प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।