८ पुष २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार

दीपेन्द्र टी–२० वरीयताता शीर्ष १० मा, रोहितको घट्यो

२ जेठ, काठमाडौ। नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातातर्फ शीर्ष १० मा अटाएका छन् । आईसीसीले जारी गरेको नयाँ वरीयतातामा दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा छन् । उनले एक स्थान सुधार गरेका हुन् ।

टी–२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् । दीपेन्द्र भन्दा अघि इंग्ल्यान्डका मोईन अली ९ औं र लियाम लिभिङस्टोन ८ अ औं स्थानमा छन् ।

दीपेन्द्र शीर्ष १० मा अट्ने एसोसिएटको एक्लो अलराउण्डर हुन् । अलराण्डरतर्फ एसोसिएटबाट दीपेन्द्रपछि नामिबियाका जेराल्ड इरास्मस १३ औं स्थानमा छन् ।

टी२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान घट्दै ६५ औं स्थानमा र करण केसीले एक स्थान सुधार गर्दै ७४ औं छन् ।

टी–२० को बलिङको वरीयतातामा सोमपाल कामी ९२ औं स्थानमा यथावत छन् । ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत छन् ।

रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन् । नेपाल टी२० आई वरीयताता १७ औं स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected