१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

संसदमा कांग्रेसको बकबास सुनिरहन तयार छैनौं : केपी ओली

२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए ।

‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उनले भने, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको भन्दै ओलीले भने, ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’

ओलीले अब संसदमा कांग्रेसलाई बोल्न नदिने बताए । उनले संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने दाबी गरे ।

अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जाने बताए । ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन’, उनले भने ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।