६ मंसिर २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

ओली बा, दुई तिहाई त गिरीबन्धु ठग्न पो काम लागेछ ?

२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगी र गिरीबन्धु टी-इस्टेट नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कारबाही माग गर्दै प्रदर्शन गरेको छ ।

सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।  प्रदर्शन गर्ने नेविसंघका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको नेविसंघका नेता गोविन्द कोइरालाले बताए।

उनीहरूले ‘गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडीखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है, केपी ओली सहकारी ठगको प्रवक्ता, रबि दाई खै जीबी राई ?, ओली बा, दुई तिहाई त गिरीबन्धु ठग्न पो काम लागेछ ? ‘ लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

गिरीबन्धु टी-इस्टेटबारे पनि छानबिन गर्न माग गरिएको उनीहरूले बताएका छन् ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ भने संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

यता, कांग्रेसले सदनमा अवरोध गरिरहेका बेला भ्रातृ संस्था नेविसंघ, तरूण दल र नेपाल महिला संघले सडकमा सहकारी प्रकरणलाई लिएर प्रदर्शन गर्दै आएका छन्।

प्रदर्शन गरेका नेविसंघका २० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् थप तस्वीरहरू : 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।