२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिन पाएन

१ जेठ, काठमाडौं । सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए । लगत्तै राष्ट्रियसभाको बैठक बसेको थियो, जहाँ राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियो ।

तर अध्यक्ष नारायण दाहालले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उठेर विरोध गरे । अध्यक्ष दाहालले राष्ट्रपतिलाई धन्यवाद दिने मात्र कार्यसूची रहेकाले सहयोग गर्न आग्रह गरे ।

कांग्रेस सांसद कृष्ण रोकाले सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत भएकाले संसदीय छानबिन समिति नबनेसम्म कुनै पनि कारबाही अगाडि नबढ्ने बताए ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष दाहालले बैठक स्थगित गरे । अर्को बैठक ३ जेठलाई बोलाइएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।