१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

वर्षाका कारण कोलकाता र गुजरातबीचको खेल रद्द, गुजरातको प्लेअफ सम्भावना सकियो

१ जेठ ,काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल बर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक लिए । यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन । तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ ।

कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अंक जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो । तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अंक मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अंक जोड्दै आठौं स्थानमा छ ।

यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अंक मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अंक भएका चार टोली छन् । यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ ।

हालको सिजनमा केकेआरको प्रदर्शन निकै राम्रो रह्यो र टोलीले प्लेअफमा पनि स्थान बनाएको थियो । यससँगै आइतबारको खेल रद्द भएपछि उसको अब १३ खेलमा १९ अंक छ र टोली पहिलो स्थानमा छ भने एक खेल बाँकी छ । १६ अंक र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन्न सक्छ। यस्तो अवस्थामा श्रेयस अयरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected