१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

सभामुख र प्रमुख प्रतिपक्षी नेताबिच फोन संवाद

३१ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाबिच भर्खरै टेलिफोन संवाद भएको छ ।

भोलि(मंगलबार) १ जेठमा संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर दुइ नेतावीच सम्वाद भएको थाहा भएको छ ।

प्रमुख प्रतिपक्षी दलले सहकारी बचत अपचलनको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको वैठक अवरुध्द गर्दै आएको छ ।

सरकारले समिति गठन गर्ने कुनै तयारी नगरेकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा पनि नेपाली कांग्रेस उपस्थित नहुने भनी आजै बिहान संसदीय दलको बैठकबाट निर्णय भएको थियो । यही बिषयमा प्रमुख प्रतिपक्षी नेता देउवासँग सभामुखले छलफल गरेको संसद सचिवालयबाट थाहा भएको छ ।

सभापति देउवाले छानविन समिति गठनको मागबाट आफ्नो पार्टी पछि नहट्ने पूर्वअडान नै सभामुखलाई सुनाएको उनको सचिवालयले जनाएको छ ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।