२३ फाल्गुन २०८२, शनिबार
राजनीति

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

२९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ।

सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे आजका दुवै बैठकमा छलफल हुने बताइएको छ । खतिवडाका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ भने स्थायी कमिटीले पनि आसन्न पहिलो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि छलफल गर्नेछ ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।