१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

मैले ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

२८ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।

शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए ।

‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’ लामिछानेले थापालाई भनेका छन् ।

उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग गरे । आफू तयारीका साथ आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले भने, ‘के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।