१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२७ वैशाख ,काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो ।

दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा बार्यनले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २–१ को नतिजा सुम्पिन पुग्यो । एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्यनले ६८ औं मिनेटमा बराबरी गरेको थियो । ह्यारी केनको पासमा अल्फान्सो डेविसले बार्यनलाई अग्रता दिलाएका हुन् । समग्रमा बार्यन त्यतिबेला ३–२ अघि बढेको थियो । रियलका लागि नाचोले ७१ औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन ।

८८ औं मिनेटमा रियलका लागि जोसेलुले बराबी गोल गरे । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अघि बढाए । एन्टनियो रुडीगरको पासमा उनले गोल गरेका थिए । उनको गोललाई भारले चेक गरेपछि मान्यता दिइएको थियो । सोही गोलका कारण अन्ततः रियल ४–३ को नतिजाका साथ फाइनलमा प्रवेश गर्न सफल भयो । फाइनलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । फाइनल खेल जुन २ तारिखमा हुने छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected