१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

यू–१९ भलिबल च्याम्यिनसिप आयोजना हुँदै

२६ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

नेपाल भलिबल संघले सिनियरतर्फका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्दै आएको छ । जुनियरतर्फ हालसम्म कुनै पनि प्रतियोगिताको आयोजना र अन्तर्राष्ट्रिय सहभागिता भएको छैन । यस्तो अवस्थामा यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसीपको आयोजना र यु–१९ राष्ट्रिय टिम छनोट गरी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा सहभागी सबै खेलाडी, अफिसियल, रेफ्रीहरुको यातायात, बसोबास, खाना, दैनिक भत्ता, नगद पुरस्कार, साउण्ड सिस्टम, एलइडी, अतिथि सत्कार र अन्य भैपरी आउने खर्च सहाना प्रधान प्रतिष्ठानले गर्ने भएको छ ।

यू–१९ महिला तथा पुरुष भलिबल टिमको सहभागिता, प्रतियोगिताको ब्रोडकास्टिङ, टिकट, मिडिया, आवश्यक खेल सामाग्री, भेन्यु व्यवस्थापन, यु–१९ महिला तथा पुरुष भलिबल टिमको छनोट, अन्य प्राविधिक सहयोगसँगै प्रतियोगिता सञ्चालन एवं व्यवस्थापन संघले गर्ने छ ।

प्रतियोगितामा सातवटै प्रदेशबाट महिला तथा पुरुष भलिबल टिमको सहभागिता रहने जनाइएको छ । दुवै टिमतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका लागि ट्रफी र प्रमाणपत्रसँगै नगद पुरस्कार क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ दिइने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरुले दुवैतर्फ २५÷२५ हजार प्राप्त गर्ने छन् भने व्यक्तिगत विधातर्फ १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected