१८ कार्तिक २०८२, मंगलवार
कर्णाली खेलकुद प्रदेस समाचार मुख्‍य समाचार

रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

२५ वैशाख, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ले उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ठूलो ताल पर्यटकीय गन्तव्य रारामा संचालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७वटा टोली दर्ता भएको आयोजक सस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी दिए।

मल्लका अनुसार वैशाख २६ देखि २८ गते सम्म संचालन हुने प्रतियोगिताका लागि ७ वटा महिला१० वटा पुरुष टोलीले सहभागीता जनाउँदैछन् । प्रतियोगिता भोलि राराको किनारमा रहेको ओखर बोटमा शुरु हुनेछ ।

तीन दिनसम्म संन्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कूल १ सय ७० जना कबड्डी खेलाडीहरु सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको मल्लले बताए ।

प्रतियोगिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।
खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पुर्याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected