१७ पुष २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

कोलकाता आइपीएलको शीर्ष स्थानमा

२४ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ ।

कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स दोश्रो स्थानमा झरेको छ । तर राजस्थानले १० खेलमात्रै खेलेको छ । ११ खेल नै खेलेको चेन्नई सुपर किंग्स अंक तालिकामा तेश्रो स्थानमा रहेको छ ।

गएराति कोलकाताले लखनउमाथि उसकै घरेलु मैदानमा ९८ रनको फराकिलो जित हात निकालेको हो । कोलकाताले २३६ रनको लक्ष्य प्रस्तुत गरी लखनउलाई १६.१ ओभरमै अल आउट गरेको थियो भने अल आउट हुनुअघि लखनउले १३७ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाएका थिए । कोलकाताले आयुष बदोनीलाई १५ रनमा, निकोलश पुरनलाई १० रनमा र एस्टोन टर्नरलाई १६ रनमा आउट गरेको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कोलकाताका हर्षित राणा र वरूण चक्रवर्थीले समान ३÷३ विकेट लिए । आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले १÷१ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन जोडेको थियो । त्यसका लागि सुनिल नारायणले सर्वाधिक ८१ रन बनाए । उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे ।
त्यस्तै फिल सल्टले १४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे ।

अंक्रुश रघुवंशीले ३२ रन, रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ रन र आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे । बलिङतर्फ लखनउका नवीन उल हकले ३ तथा यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १÷१ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected