११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

२१ वैशाख, काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ ।
राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरे । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् ।

महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरिन् ।
चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए ।
महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवं शसक्तीकरणका लागि चेम्बरले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व