२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन् : प्रमुख सचेतक परियार

२१ बैशाख, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुँदै गएको बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको पत्रकारिताले अब विचारमा फराकिलो भएर काम गर्नुपर्ने बताए । उनले नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले भुमिका खेल्नुपर्ने बताए ।

उनले संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? भन्नेकुरामा बहस हुन जरुरी रहेको बताए ।

उनले भने, ‘आज आएर सूचनाका श्रोतहरु फराकिलो भएपनि विचारहरु संकुचित हुन थालेका छन् । नेपालको पत्रकारिताले अब विचारमा अलि बढी र फराकिलो काम गर्नुपर्छ । नेपालको समाज रुपान्तरण र समावेशी बनाउन र संविधानमा व्यवस्था गरेका कुरालाई यथार्थ बनाउनलाई अब नेपालको पत्रकारिता जगतले अझ बढी भुमिका खेल्नुपर्छ ।
पत्रकार महासंघले एउटा अभियान छेड्नुपर्छ की, संविधानमा व्यवस्था गरेका कुराहरुमा राजनीतिक पार्टीहरु सचेत छन् की छैनन् ? संविधान बमोजिम राजनीतिक पार्टीहरुले आफ्नो कर्म गर्छन् की गर्दैनन् ? त्यतातिर कलम तिखार्नुपर्नेछ ।’प्रमुख सचेतक परियारले ठूलो संघर्षबाट ल्याएको व्यवस्थाप्रति राजनीतिक पार्टीहरु नै विश्वास गुमाउन थालेको बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।