१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय

बुर्किनाफासोमा भएको नागरिक नरसंहारप्रति अमेरिका र बेलायतको निन्दा

१८ वैशाख, काठमाडौं । अमेरिका र बेलायतले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन् ।

ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ ।

उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै अमेरिका र बेलायतले घटनाको सत्यतथ्य जाँच गरेर घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि माग गरेको छ । बुर्किनाफासोमा पछिल्लो समय चलेको द्वन्द्वका कारण झण्डे २० लाख मानिस विस्थापित भएका छन् ।

सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो । बुर्किनाफासोमा अल–कायदा र आईएसआईएस आतङ्ककारी संगठनहरू सक्रिय छन्। सेना र यी संगठनहरूबीचको द्वन्द्वमा प्रायः सर्वसाधारणको ज्यान जाने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०१५ देखि अवस्था बिग्रँदै गएको थियो भने २०२२ मा देशको कार्यवाहक राष्ट्रपतिबाट सैन्य नेता पाउल–हेनरी सान्डाओगो दामिबालाई हटाएपछि अवस्था झन् नराम्ररी बिग्रिएको छ ।

बुर्किना फासोले विद्रोही विरुद्धको लडाईमा सेनाले सर्वसाधारण मारेको आरोप लगाएको रिपोर्ट प्रसारण गरेपछि बीबीसी र भ्वाइस अफ अमेरिका रेडियो नेटवर्क जस्ता अन्तर्राष्ट्रिय मिडियालाई प्रतिबन्ध पनि लगाएको छ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण