२७ माघ २०८२, मंगलवार
राजनीति

इलाम-२ मा डम्मरलाई उछिन्यो डकेन्द्रले

१७ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणना अहिले माई नगरपालिकामा आइपुग्दा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले नेपाली कांग्रेसका डम्बर खड्कालाई उछिनेका छन् । माई नगरपालिका- ६ को मतगणना सकिँदा थेगिमले ७ हजार ४५२ मतसहित नेकपा एमालेका सुहाङ नेम्बाङलाई पछ्याएका छन् ।

आइतबारदेखि जारी मतगणनाका क्रममा लगातार तेस्रो स्थानमा रहेका उनी सोमबार माङ्सेबुङका सबै ६ वडाको मतगणना सकिएर माई नगरतिर लागेपछि दोस्रो स्थानमा उक्लिएका हुन्। उनलाई माई नगरपालिका-६ मा माङ्सेबुङ-५ मा जस्तै पहिलो भोट मिलेको हो ।

माईका ३ वटा वडामध्ये अहिले ६ नम्बर वडाको मतगणना सकिँदा थेगिमको पक्षमा ५५१ मत खसेको हो । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

उता समग्रमा तेस्रो स्थानमा झरेका कांग्रेसका डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् । माईको मतगणना चलिरहँदा एमालेका सुहाङले ११ हजार ७८ मतसहित अग्रता बढाइरहेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।