२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो

१७ वैशाख, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।