१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपाल दोस्रो खेलमा वेष्टिन्टइन्डिज ए सँग पराजित

१६ वैशाख, काठमाडौं। वेष्टिन्टइन्डिज ए ले दोस्रो टी२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी२० सिरिज १(१ को बराबरी अवस्थामा पुगेको छ ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुलशन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन तथा लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए ।

वेष्टिन्टइन्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ओशान थोमस र रोस्टन चेशले १(१ विकेट लिए ।

अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिँएको थियो । स्ट्राइकमा रोहित पौडेल र बलरमा म्याथ्यु फर्ड थिए । पहिलो बल योर्करमा डट र दोस्रो बल फिल्डरको गल्तीमा स्टेटमा चौका भएको थियो । तेस्रो बलमा आकाश दुई रन लिने धुनमा रन आउट भए ।

चौथो बलमा सागर ढकालले १ रन लिए । त्यसपछि बाँकी दुई बलमा ११ रन चाहिँएको थियो । पाँचौं बलमा रोहितले लङअनमा सट खेलेपनि रन लिएनन् । नेपालको हार पक्का बनेको थियो । अन्तिम बल डट खेले ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टिन्टइन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेष्टिन्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए ।

स्पिन अलराउन्डर गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनैपनि समय वेष्टिन्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेका थिएनन् ।

रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेष्टिन्टइन्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

पाँच खेलको सिरिजमा नेपाल १–० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected