६ पुष २०८२, आईतवार
मुख्‍य समाचार राजनीति

मतदानपछि सुहाङले भने : जित्नेमा विश्वस्त छु

१५ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेपछि मतदाताहरुले देखाएको मायाले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘मतदाताको माया  घरदैलोमा जाँदा देखेको थिएँ। यहाँ मतदानस्थलमा पनि उस्तै देखेको छु। त्यसकारण जित्नेमा म विश्वस्त छु।’

निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे ।

इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।

४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।