१४ फाल्गुन २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार

अवैध सुन र एक करोड ४३ लाखनगदसहित ७ जना पक्राउ

१४ बैशाख, काठमाडौँ । उपत्यका अपराध अनुसन्धानकार्यालयको टोलीले अवैध सुन र रकमसहितसात जनालाई पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजनागर्दै१ हजार ७ सय ६८.२५ ग्रामसुन र डेढ करोड रुपैयाँसहितपक्राउपरेका सात जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने चारजना नेपाली छन् । भारतीय नागरिकहरू अमूलविभूति, ऋषिकेशप्रकाश विभूति र गणेश बाल्टे रहेको डिएसपी सुरक्षा केसीले जनाएकी छिन् ।

यस्तै, नेपालीनागरिक भने दिनेश खरेल, आयुष बडु, भरतराज खरेल र गणेश दत्त बडु रहेका छन् ।

काठमाडौं वडा नं २४ मा केही व्यक्तिहरुले अवैध सुनको कारोबार गरिरहेको गोप्य सूचना दिएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा दार्चुला महाकाली नगरपालिका वडा नं ३, ४७ गणेश दत्त बडुसहित सात जना व्यक्तिलाई सुन जस्तो देखिने पहेलो धातुको टुक्राहरु ९ थान, तौल १ हजार ७ सय ६८.२५ ग्राम र नगद रु १ करोड ४३ लाख ६० हजारसहित फेलापारि पक्राउ गरिएको डिएसपी केसीले जानकारी दिएकी छिन् ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने