१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मैत्रीपूर्ण फुटवलः बंगलादेशको टोली विजयी

१३ वैशाख, काठमाडौं । राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले एनएफपिजेलाई पराजित गरेको हो ।

खेलमा बंगलादेशकातर्फबाट जाकिर हुसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालको तर्फबाट सुमन लिम्बूले २ र दीवाकर सेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको हो । फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

खेलअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए । सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसँगै मायाको चिनो प्रदान गरिएको छ । प्रतियो गिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद् ९राखेप०, गोकर्णेश्वर नगरपालिका–९ आरुबारी, प्रिण्टिङ्ग एक्सप्रेस, म नेपाली, गोल्ड स्टार सुज, एन्फा एकेडेमी, नेपाल एरहोस्टेज, हिमाल हस्पिटल, स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिकाले सहयोग गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected