२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीप दुर्घटना

१३ वैशाख, काठमाडौं । थानकोटबाट चित्लाङ हुँदै हेटौडाका लागि छुटेको जीप दुर्घटनामा परेको छ । बिहीबार बिहान साढे ९ बजेतिर चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित कालो होल भन्ने ठाउँमा ना १ ज ६२६१ नम्बरको जीप दुर्घटनामा परेको हो ।

उक्त जीप काठमाडौंबाट चित्लाङ हुँदै हेटौडा जाँदै थियो । उकालोमा तान्न नसकेपछि यात्रु झारेर हाँकेको बेलामा दुर्घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

उकालो चढाउने क्रममा जीप पछाडि सरेर सडकबाट करिब ५० मिटर तल खसेको एसपी अधिकारीले बताए । जीपमा ११ जना सवार भए पनि सबैलाई झारेर उकालो चढाउन लाग्दा दुर्घटना भएको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व