६ मंसिर २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार

यु–२२ एसियाली बक्सिङमा सुष्मासहित ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

१३ वैशाख, काठमाडौं । उज्वेकिस्तानमा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा गत संस्करणको विजेता सुष्मा तामाङसहित ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ ।

अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ लालप्रसाद उप्रेतीले पुरुषको ४८ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिलातर्फ सुष्मा तामाङले ४८ केजी तथा रमिशा श्रेष्ठले ५० केजीमा खेल्ने नेपाल बक्सिङ महासंघका महासचिव मनबहादुर भण्डारीले जनाएका छन् ।

सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै नेपाली बक्सिङमा इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

यसैथरी प्रशिक्षकमा आइबा वान स्टार सुजित पुन मगर तथा निर्णायकमा आइबा २ स्टार आरजे धनकुमार मैनाली छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected