२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

१२ वैशाख, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ ।

मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।