२३ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

कम्युनिष्ट एकताका लागि हतार गर्दैनौं : प्रचण्ड

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् ।

सोमबार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए ।

‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समय भन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले’, उनले भने ।

अहिले एमाले, माओवादी, एकीकृत समाजवादीसहितका दलहरु सत्ता सहकार्यमा छन् । प्रचण्डले यो सहकार्यलाई अगाडि बढाउँदै लैजाँदा एकताको आधारभूमि आफैं तयार हुने बताए ।

‘त्यसो हुँदै गयो भने राजनीतिक दलहरुको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठीक हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।