१२ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय

पहिलो दिन निर्वाचनमा जातिय झडप भएपछि भारतका केही मतदाता मतदानमा फर्किए

१० बैशाख । काठमाडाै ।  गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मतदाताहरू सोमबार कडा सुरक्षाका बीच मतदानमा फर्केका छन् ।
शुक्रबार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हतियारधारीहरूले मणिपुर राज्यका करिब तीन हजार मतदान केन्द्रमध्ये ११ को चुनावी मेसिनमा क्षति पुर्याएपछि भारतीय निर्वाचन अधिकारीहरूले ती मतदान केन्द्रको परिणामलाई रद्द गरेका थिए ।
राज्य अधिकारीहरूका अनुसार कम्तीमा छ वटा मतदान केन्द्रमा सशस्त्र व्यक्तिहरूले मत हाल्न प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मेसिन तोडेका थिए । सन् २०२३ देखि मणिपुर राज्य दुई प्रमुख जातीय समूहबीचको जातीय हिंसाले आक्रान्त भएको छ । भीडले गाउँहरूमा तोडफोड गर्दै आगो लगाएपछि करिब दुई सय मानिस मारिएका छन् भने ६० हजारभन्दा धेरै विस्थापित भएका छन् ।
क्रिस्चियन कुकीहरूले कुकी तथा अन्य जनजाति समूह बसोबास गर्ने पहाडहरूमा जग्गा किन्न दिने विशेष दर्जाका लागि अधिकांश हिन्दू मेइटीहरूको मागको विरोध गरेपछि अशान्ति भड्किएको थियो । म्यान्मासँगको भारतको सीमामा रहेका पहाडहरूमा ३७ लाख मानिस बसेको राज्य मणिपुरमा सेनाको उपस्थिति भए पनि झडपहरू भइरहेका छन् ।
भारतमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन शुक्रबारदेखि सुरु भएको छ । निर्वाचनमा २१ राज्यका लाखौँ मतदाताले मत खसालेका छन् । छ सातासम्म चल्ने बहुचरणको निर्वाचनमा लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो सिधा कार्यकालको खोजीमा हिन्दू राष्ट्रवादलाई मूलधार बनाउनुभएको छ । मतगणना जुन ४ मा हुनेछ ।
मुख्य विपक्षी कांग्रसे पार्टीले शुक्रबार मणिपुरमा मतदानमा धाँधली भएको भन्दै ४७ मतदान केन्द्रमा पुनः मतदानको माग गरेको थियो । यसअघि सोही दिन मणिपुरमा सशस्त्र समूहरूबीच झडप भएको थियो । हिंसा भए पनि उक्त राज्यमा ६६ दशमलव पाँच प्रतिशत मतदान भएको छ । मणिपुरका अन्य भागमा अप्रिल २६ मा दोस्रो चरणको मतदान हुनेछ ।

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण