१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

बेंगलोरमाथि कोलकाताको एक रनको रोमान्चक जित

९ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक रनको रोमान्चक जित हात पारेको छ ।

२२३ रनको लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा २२१ रनमा अल आउट भयो । बेंगलोरलाई अन्तिम ६ बलमा जित्नलाई २१ रन चाहिँएको थियो । कर्ण शर्माले पहिलो, तेस्रो र चौथो बलमा मिचेल स्टार्कलाई छक्का हानेपछि दुई बलमा तीन रन आवश्यक थियो ।

पाँचौं बलमा कर्ण शर्मा स्टार्कको बलमा कट एण्ड बोल्ड आउट भए । अन्तिम बलमा तीन रन चाहिँदा लोकी फर्गुसन दुई रन दौडिनेक्रममा विकेटकिपर फिलिप साल्टबाट रन आउट भएपछि कोलकाता विजयी भएको थियो ।

बेंगलोरका विल ज्याक्सले ३२ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५५ रन बनाए । रजत पाटीदारले २३ बलमा ३ चौका र ५ छक्कासहित ५२, विराट कोहली १८, फाफ डु प्लेसिस ७, क्यामरन ग्रीन ६, सूर्यश प्रभुदेशाई २४, दीनेश कार्तिक २५ र कर्ण शर्मा २० रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेलले ३, सुनिल नारायण र हर्षित रानाले २÷२ विकेट लिए । मिचेल स्टार्क र बरुणचक्रवर्तीले १÷१ विकेट लिए । त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।

कोलकाताका ओपनर फिलिप साल्टले १४ बलमा ७ चौका र ३ छक्कासहित ४८ रन बनाए । कप्तान श्रेयस ऐर ५०, सुनिल नारायण १०, वेंकटेश ऐर १६ र रिंकु सिंह २४ रनमा आउट भए ।

रमनदीप सिंहले ९ बलमा २ चौका र २ छक्कासहित २४ तथा आन्द्रे रसेलले २० बलमा ४ चौकासहित २४ रन बनाए । बेंगलोरका यश दयाल र क्यामरन ग्रीनले २–२ विकेट लिए । मोहम्मद शिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected