१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग खेल्ने

७ वैशाख, काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पुग्न हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । घरेलु टोली ओमानले एसीसी प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा हङकङलाईल ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

एसिया कपमा पुग्नको लागि आइतबार युएई र ओमानबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् । अव तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् । १३१ रनको लक्ष्य ओमानले १९.२ ओभरमा पूरा गर्दै पूरा गर्‍यो।

अन्तिम ६ बलमा ९ रन चाहिँदा अकिब इलियासले आयुष शुक्लालाई सुरुवाती दुई बलमा छक्का र चौका प्रहार गर्दै जित दिलाएका हुन् । अकिब ५१ बलमा ४ चौका र २ छक्कासहित ६२ रनमा नट आउट रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जिशान अलीले ३६ र बाबर हायतले ३३ रन बनाए । बिलाल खानले ३ विकेट लिएका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected