५ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

एमालेले हिरक उत्सवमा देउवा र प्रचण्डलाई विशेष बक्ता बनाउने

७ वैशाख, काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा एमालेले आगामी १० वैशाखमा हिरक उत्सव मनाउदैछ ।

विशेष सभा गरी मनाउने यो उत्सवमा एमालेले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष बक्ता बनाउने भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा एमालेले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

त्यसदिन एमालेले विशेष सम्मान गर्ने तयारी गरिरहेको पनि उनले बताए । ‘गणतन्त्र गौरव’ सम्मान घोषणाको तयारी भइरहेपनि सम्मानित व्यक्तिबारे त्यसैदिन जानकारी दिइने पोखरेलले बताए ।

२००६ सालमा नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा एमालेले बितेको बर्ष २०८० भर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आगामी १० वैशाखमा नेपालमा कम्युनिष्ट इतिहास झल्काउने डकुमेन्ट्री प्रस्तुत गर्ने तयारी भइरहेको पनि महासचिव पोखरेलले बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।