१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालको पावर प्लेमा कमजोर ब्याटिङ

७ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरूवात गरेको छ ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ ।

 

नेपालका कप्तान रोहित पौडेल सन्दीप जोरा ९ बलमा १ चौकासहित १४ र रोहित पौडेल १४ बलमा ४ रनमा क्रिजमा छन् । नेपालको सुरुवात नै सम्झन लायक रहेन ।

 

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे ।

 

कुशललाई पहिलो बलमै गुमाएपछि नेपाली ब्याटर खुलेर खेल्न सकेका छैनन् । पावर प्लेमा १ चौका र १ छक्का मात्रै प्रहार गरेको छ । अर्का ओपनर आसिफ शेख पनि धेरै समय टिक्न सकेनन् ।

 

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट हुन पुगे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected