११ मंसिर २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ ।

प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए ।

सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेटघाट गरेका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार बनाउन खाेजेका थिए । तीन नेताबीच यस विषयमा पनि छलफल भएको लामिछानेले बताए । तर प्रदेशमा देखिएका सामान्य समस्याले केन्द्रमा गठबन्धनमा खटपट नआउने उनले बताए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।