२१ माघ २०८२, बुधबार
अनौठो संसार

विश्वकै सबैभन्दा ठूलो लिफ्ट, एकैपटकमा २ सय ३५ जना बोक्न सक्ने ६

६ वैशाख, काठमाडौं । झण्डै एउटा स्टुडियो अपार्टमेन्ट जति आकारको यो विश्वकै सबैभन्दा ठूलो यात्रुबाहक एलेभेटर (लिफ्ट)को वजन १६ टन छ ।

 

नौ वटा स्टिल केबलले धानेको यो लिफ्टले एकपटकमा २ सय ३५ जना मानिस बोक्नसक्छ। फिनल्याण्डको एलेभेटर कम्पनी कोनेले दुई वर्षअघि नै भारतको मुम्बइस्थित जियो वल्र्ड सेन्टरको भवनमा संसारकै ठूलो यो एलेभेटर जडान गरेको थियो ।

 

उक्त बहुप्रतिष्ठित सम्मेलन केन्द्रमा विभिन्न समारोह तथा मेलाहरुमा सहभागी हुने ठूलो संख्याका मानिसहरुलाई बोक्नका लागि उक्त लिफ्टको डिजाइन गरिएको हो ।

 

२५.७८ वर्गमिटरको उक्त लिफ्टमा यात्रा गरिरहँदा उक्त भवन परिसरको बिहंगम दृश्य तथा सुन्दर बगैँचा समेत देख्न पाइन्छ । यो एलेभेटर पुली बिम प्रणालीमा आधारित छ, जसमा १८ वटा ठूलो आकारका पुली, ९ वटा स्टिल केबल रहेका छन् ।

 

विश्वकै ठूलो यो यात्रुबाहक लिफ्टमा चार प्यानल भएको काँचको ढोका, बाहिरको सुन्दर दृश्य देखिने काँचकै भित्ता र क्रिस्टल जडित सिलिंग रहेको छ ।

 

भवनको पाँचौँ तलासम्म मात्रै पुग्ने यो लिफ्टको गति १ मिटर प्रतिसेकेण्ड रहेको छ ।

 

यसभित्र यात्रुहरु बस्नका लागि दुईवटा आरामदायी सोफा पनि राखिएको छ। कोने कम्पनीले यो भिमकाय लिफ्टको मूल्य हालसम्म पनि सार्वजनिक गरेको छैन ।

एजेन्सीको सहयोगमा

थप समाचारहरु

अनौठो संसार

मोबाइल फोनको बिल महिनामै २ करोड ६५ लाख आएपछि

काठमाडौं । कहिलेकाहीँ घरमा फोन तथा बिजुलीको बिल केही मात्र पनि धेरै आयो हामी सतर्क हुन्छौँ र  अर्को महिनादेखि खपतमा
अनौठो संसार

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सोसल मिडियामा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट