१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग खेल्ने

५ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपाल समूह ए बाट ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । हङकङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ नेटरनरेटमा कतारलाई पछि पार्दै उपविजेता बनेर सेमिफाइनलमा पुग्यो ।

समूह बी बाट ओमान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा नेपालले युएई तथा ओमानले हङकङसँग खेल्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो ।

युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

दुबै सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार हुनेछ ।

प्रतियोगिता विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेश हुनेछन् । इमर्जिङ टिम्स एसिया कपमा यी पाँच टेस्टका ए टोलीसँग खेल्ने अवसर हुनेछ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected