१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना

५ वैशाख, काठमाडौं । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।

 

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समय भन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।

 

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नई सुपर किंग्सका ऋतुराज गायकवाडपनि १९ लाख जरिवनामा परी सकेका छन् ।

 

कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो ।

 

जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

 

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।

 

कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाएका थिए ।

 

कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected