६ फाल्गुन २०८२, बुधबार
प्रवास समाज

थाइल्यान्डस्थित नेपाली मन्दिरमा भगवान राम र सीताको मूर्ति प्राण प्रतिष्ठा

बैंकक, ५ वैशाख थाइल्यान्डकाे नेपाली मन्दिरमा राम नवमीकाे अवसरमा भगवान राम र सीताकाे मूर्ति प्राण प्रतिष्ठा गरिएकाे छ ।

 

बैंकककाे सुकुम्बित ८१ सिरिफाेट स्थित अवस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार विहान ८ बजेर ४५ मिनेटकाे शुभ मुर्हतमा पण्डित पदम प्रसाद भट्टराईले भगवान राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राण प्रतिष्ठा गराएका हुन् ।

 

त्रिनाथ मन्दिरमा पहिलाेपटक भगवान रामकाे प्राण प्रतिष्ठा गरिएकाे मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए ।

 

प्राण प्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजा पाठ गरेका थिए । राजदूत वलीले नेपाली मन्दिर नेपालीमात्र नभई नेपाल भाषीकाे पनि आस्थाकाे केन्द्र रहेकाे भन्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए ।

 

प्राण प्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा सत्संघ भजन कीर्तन पनि गरिएकाे थियाे । हवन तथा आरती पूजा गरिएकाे कार्यक्रममा आगन्तुक नेपाली तथा थाइ नागरिकलाई खीर प्रसाद वितरण गरिएकाे थियाे ।

 

त्रिनाथ देवालय धाम थाइल्यान्डबासी नेपालीकाे एकमात्र धार्मिक स्थल हाे । ३२ वर्षअघि स्थापना भएकाे मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने, पूजा पाठ गर्दै आएका छन् ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected