२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीले अराजनीतिक र अवसरवादी चरित्र देखायो : केपी ओली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा साथ दिएर एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको बताएका छन् ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

उनले कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरे । उनले भने, एकीकृत समाजवादीको यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भयो । ‘

आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए ।

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।