२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

बोधिचित्तको रुख काटिएको प्रकरणमा थप एकजना प्रहरी नियन्त्रणमा

२ वैशाख, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेको आरोपमा थप एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार साँझ दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएको हो । ‘दुर्गालाललाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं । अहिलेसम्म उहाँको संलग्नता भन्ने पुष्टि भइसकेको छैन’ काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने ।

 

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंबाट मानबहादुर तामाङ (सिजन) पक्राउ परेका थिए ।

 

उनले एक महिनाअघि २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम) भनेको भेटिएको थियो । प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो ।

 

 

अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिउको हुनसक्ने आशंका गरिएको छ । भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बोधिचित्तको रुख बिहीबार राति काटिएको थियो । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो ।

 

घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व