२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

अब राजा आउने सम्भावना छैन : देउवा

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।

 

आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।

 

उनले भने, ‘विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन् । त्यसैलै बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

 

सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए । ‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ । अब राजा आउने सम्भावना छैन ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।