२२ फाल्गुन २०८२, शुक्रबार
राजनीति

नाउपाका संरक्षक रेशम चौधरी सुदूरपश्चिमका प्रदेश सभा सदस्यसँग छलफलमा

२८ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारवाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल चल्नुलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ ।

नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।