१८ कार्तिक २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्नु कांग्रेसको कुटिल चाल : रास्वपा

२६ चैत, काठमाडौं । रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध कांग्रेसले मिथ्या आरोप लगाएको रास्वपामा प्रमुख सचेतक सन्तोष परियारले बताए ।

 

गृहमन्त्री लामिछाने माथि संसदीय छानविन माग गर्नु कांग्रेसको कुटील चाल भएको परियारले बताए । सभामुख देवराज घिमिरेले चार दलका शीर्ष नेताहरुसँग छलफलका लागि बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि प्रतिक्रिया दिँदै परियारले भने,‘मिथ्या आरोप लगाएर मानवधिकार खारेज गर्ने जस्तो कुरा लामो इतिहास बोकेर आएको कांग्रेसले जुन गरेको छ, रास्वपाले त्यसलाई स्विकार्दैन ।

 

’ बैठकमा सत्ता पक्षका सबै नेताले छानविन समिति बन्न नसक्ने बताएको उनले जानकारी गराए । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, रास्वपाका सभापति एवं गृहमन्त्री लामिछाने सहभागी थिए । चार दलका प्रमुख सचेतकहरुमा कांग्रेसका रमेश लेखक, एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे र रास्वपाका परियार सहभागी थिए ।

 

बैठकको सुरुमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नो धारणा राखेको थियो । संसदीय छानविन समितिको माग कांग्रेसले गरेपछि सत्तापक्षले गठन हुन नसक्ने जवाफ दिएको परियारले बताए । कांग्रेसले गृहमन्त्रीलाई नियतवश फसाउन लागेकाले संसदीय छानविन समिति नबन्ने परियारले ठोकुवा गरे ।

 

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री माथि उठेका विषयमा सदनमा जानकारी गराएकाले त्यही नजिर हुने उनले बताए । ‘देशको कार्यकारी प्रमुखले बोलेको कुरा नजिर होइन ?,’ कांग्रेसलाई परियारको प्रश्न छ । कांग्रेसले विगतमा गल्ति गरेको र कुरा पनि बुझ्दै बताउँदै परियारले भोलिको संसद चल्ने अपेक्षा गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।