२२ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

समर्थन फिर्ता लिदै मुख्यमन्त्री कार्कीलाई एमाले–माओवादीले लगाएको चार आरोप

२6 चैत, विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप लगाएको छ ।

२७ असोजमा कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन ।

सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिदा एमाले र माओवादी केन्द्रले चार आरोप लगाएका छन् ।

मुख्यमन्त्री कार्कीलाई पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिना अध्ययन अनुसन्धान अनावश्यक र अनूचित खर्च गरेको आरोप
एमाले–माओवादीले लगाएका छन् ।
चौथो आरोप भने मुख्यमन्त्री कार्कीले प्रादेशिक संरचनाको प्रतिष्ठामै आँच आउने व्यवहार प्रदर्शन गरेको उल्लेख छ ।
कार्कीमाथि चार आरोप लगाएका दुई दलका ५३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको राजनीतिक दाबी पेश गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।