२० चैत्र २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आइपीएलमा कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो ।

डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो ।

केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीन/तीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारानेले एक/एक विकेट लिए । विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफल हो ।

आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।

कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो ।

कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले ।

युवा ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए ।

ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८/१८ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १/१ विकेट लिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected