२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

रेशम चौधरी पक्षले बोलायो केन्द्रीय समिति बैठक

१९ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षले केन्द्रीय पदाधिकारी र सदस्यको बैठक बोलाएको छ । २७ पुसमा सम्पन्न भएको पहिलो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत भएका चौधरीलाई निर्वाचन आयोगले अध्यक्ष बन्न योग्य नहुने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको संस्थापक केन्द्रीय समितिलाई नै निरन्तरता दिएको छ । तर पहिलो महाधिवेशनबाट महासचिव बनेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

नाउपाको पार्टी कार्यालय काठमाडौँमा २३ र २४ गते बस्ने बैठकमा पहिलो महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै उपस्थितिका लागि अनुरोध गरिएको छ ।

नाउपामा संरक्षक रेशम र अध्यक्ष रञ्जिताबीच विवाद चलिरहेका बेला महासचिव चौधरीले पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको बैठक बोलाएका हुन् । जबकी उक्त कार्य समितिलाई निर्वाचन आयोगले यसअघि नै अवैध ठहर गरिसकेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।